हरिद्वार, 21 जनवरी 2020
हरिद्वारको हरकी पौडी नजीक भी.आई.पी. घाटमा नेपाल विद्यार्थी संघको आयोजनामा नेपाली समाजको भव्य सम्मेलन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ। लोकनाथ शर्माले संचालन गर्नुभएको कार्यक्रममा नेपाली संस्कृति परिषद अन्तर्राष्ट्रियका कार्याध्यक्ष अशोक चौरसिया प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उत्तराखण्ड सरकार गोरखा कल्याण बोर्डका अध्यक्ष क्याप्टेन टी.डी. विशिष्ठ अतिथिका रूपमा उपस्थित यस कार्यक्रम युवा नेता राजीव गुरूङ्ग, कृष्ण पाण्डे, नीशा राई रीना थापा र उदय सिंहलगायत गण्यमान्य व्यक्तित्वहरूको उपस्थिती रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली संस्कृति परिषद अन्तर्राष्ट्रियका कार्याध्यक्ष अशोक चौरसियाले यस प्रकारका आयोजनहरूबाट नेपाली गोरखा भित्र विभिन्न उपजातिहरु रहे पनि समाज समग्र रुपमा एक भएको बताउनुभयो। उहाँले विभिन्न उपजातिको संस्कृति परम्परा आदिको संरक्षण सम्वर्धनमा एकजुटता आवश्यक रहेको तर्क गर्नुभयो। उहाँले नेपाली गोरखा समाज सनातन वैदिक समाजको अभिन्न अंग भएको बताउँदै आज समाजलाई टुक्राउने तथा धर्मान्तरण गराउने षणयन्त्रहरु भइरहेको तथा सिंगो समाज र सनातन संस्कृतिमाथि प्रहार भइरहेको बताउनुभयो।

समारोहमा सन्तहरू स्वामी योगनन्द, स्वामी कृष्ण दास, स्वामी सुतीक्षण, स्वामी दिनेश दास,स्वामी शिवानन्द, स्वामी जगजीत आदिले आफ्नो मनतव्य राखेका थिए। कार्यक्रममा हालै शहीद भएका उत्तराखण्डका 2 गोर्खा जवानहरू विकास गुरुङ तथा शहीद मनिस थापालाई श्रद्धाञ्जली अर्पण गर्दै उनिहरूका आमा-बुवालाई सम्मानित गरिएको थियो।

कार्यक्रमलाई भव्य र सफल तुल्याउन विभिन्न संघ-संस्था तथा हाम्रो स्वाभिमानका उत्तराखणडका पदाधिकारीहरुको विशेष योगदान थियो। नानीहरु तथा महिलाहरुको उल्लेख्य उपस्थिती रहेको कार्यक्रममा 500 भन्दा धेरै नेपाली गोरखा र स्थानीयहरूको उपस्थिति रहेको थियो।









































