HomeFeatureहरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने...

हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने प्रतिवद्धता : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, 31 दिसम्बर 2022

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यसपटक भाषण कम गर्ने बताएका हुन् ।

उनले भने, ‘मैले बाँकी जीवन सुशासन र विकासकालागि समर्पित गर्ने भनेको छु । म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन यो कार्यकाल मा भाषण कम काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु’ ।

प्रधानमन्त्री प्रचण्डले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने प्रतिवद्धता गरेको पनि बताए ।

सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताए ।

उनले करिब साढे ८ मिनेटको सम्बोधनमा सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्नसबै क्षेत्रबाट सहयोगको अपिल पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...