HomeFeatureहिमाचलबाट नेपाली महिलाको उद्धार

हिमाचलबाट नेपाली महिलाको उद्धार

दिल्ली, 18 अप्रैल 2022

भारतको हिमाचलमा एक महिला अलपत्र अवस्थामा भेटिएको समाचार नेशनल लाइभ टी.भीले 15 अप्रैलका दिन प्रकाशित गरिएको थियो जसमा अलपत्र महिलाको बारेमा सम्पर्कमा आउन परिवारलाई आग्रह गरिएको थियो। समाचार प्रकाशित भए पश्चात नेपालगंजबाट सो महिलाका परिचित सम्पर्कमा आएका छन्। हिमाचलबाट हाम्रा सहयोगी मिथुन सिंहले दिएको जानकारी अनुसार नेशनल लाइभ टी.भीको समाचार प्रभावले गर्दा  महिलाका परिवारजनले जानकारी पाए पश्चात हिजो हिमाचलको रिकाङ पियो पुगेका छन्। केटीको माइती घर कालीकोट र उनका लोग्नेको जुमला सेरीडुस्का घर रहेको र उनका श्रीमान सुनिल बोहरा उनलाई लिन त्यहाँ पुगेका हुन। घटना अनुसार दुई महिना अघि देखी नै  पियो नजिकै तेलङी गाउँमा लोग्ने स्वासनी  काम गर्ने गरेको र एक हफ्ता देखी उनी हराएकी रहिछन। लोग्नेका अनुसार प्रहरीमा खबर गर्दा रिपोर्ट न लेखि दिएको उनले बताए। नेपाल गंजबाट आफ्न्तले जानकारी दिए पश्चात श्रीमतीबारे जानकारी पाएर आफु लिन आएको उनले बताएका छन्। लोग्नेका अनुसार मानसिक अवस्थाले गर्दा बीच-बीच मा यस्तो अवस्था आउने गरेको छ। उनलाई सकुशल हिजो नै लोग्नेको सुपुर्द गरिएको छ। मुल प्रवाह अखिल भारत नेपाली एकता समाज रिकाङ पियो नगर समितिका सदस्यहरु गोपाल जंग शाही, निर्मला सिंह, पदम ब., र मिथुन सिंहले यसमा सक्रिय भुमिका निभाएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...