HomeFeatureहिमालयन शेर्पा र जावलाखेल युथ क्लबले खेले 3-3 को बराबरी

हिमालयन शेर्पा र जावलाखेल युथ क्लबले खेले 3-3 को बराबरी

काठमाण्डौँ, 12 फरवरी 2020

शहीद स्मारक ‘ए’ डिभिजन लिगको १२औं चरणको अन्तिम खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबले बुधबार ३–३ गोलको बराबरी खेलेका छन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयनले पहिलो हाफमा लिएको ३–१ को अग्रतालाई अन्तिम समय सम्म कायम राख्न नसक्दा अंक बाँडेको हो। दोस्रो हाफमा जाउलाखेलले दुई गोल थप्दै तीन–तीनको बराबरी गर्दै १÷१ अंक बाँडेका हुन्।

खेलको पाँचौ मिनेटमा स्टेफेन समिरले गोल गर्दै शेर्पालाई सुरुआती अग्रता दिलाएका थिए। २६औं मिनेटमा विजय श्रेष्ठले गोल थप्दा हिमालयनले अग्रता अग्रता दोब्बर पारेको थियो। ३५औं मिनेटमा जावलाखेलका गोलरक्षक अरुण ब्लोनले रातो कार्ड पाएपछि जावलाखेल १० खेलाडीमा सिमित भएको थियो। काउन्टरमा आएको बललाई पेनाल्टी क्षेत्र भन्दा बाहिर समातेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले अरुणलाई रातो कार्ड देखाएका थिए। पहिलो हाफको इन्जुरी समयमा जावलाखेलका खेलाडी कुबेर बिष्टले गोल गर्दै खेल अग्रता छोट्याएका थिए। त्यसको केही समयपछि स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै हिमालयन शेर्पालाई ३–१ को अग्रता दिलाए। खेलको ६०औं मिनेटमा जावलाखेलका फोडे फोफानाले एक गोल गरे भने रुपबहादुर लामाले एक गोल थपे।

बराबरीसँगै जावलाखेलले १२ खेलमा १९ अंक जोडेको छ। जावलाखेल लिगको पाँचौ स्थानमा छ। समान खेलबाट ११ अंक जोडेको हिमालयन शेर्पा ११औं स्थानमा छ।

बुधबारको खेल सँगै सहिद स्मारक ए डिभिजिन लिगमा अन्तिम चरणका खेल बाँकी रहेका छन्। अहिले सम्मको लिग समिकरणमा विभागीय टोली त्रिभुवन आर्मी २९ अंकका साथ तालिको शीर्ष स्थानमा रहँदा मच्छिन्द्र २८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। यी दुईको भिडन्ता लिगकोअ अन्तिम खेलमा हुनेछ। जुन खेल उपाधिका लागि निर्णायक खेल भएको छ। उक्त खेलमा आर्मीले मच्छिन्द्रलाई बराबरीमा रोके पनि आर्मी च्याम्पियन हुनेछ भने मच्छिन्द्रले पराजित गरे मच्छिन्द्र उपाधि विजेता हुनेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...