काठमाडौँ, १० फरवरी, २०२०
नेपाल राष्ट्र बैंकले सोमबार (माघ २७) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ७० पैसा र बिक्रीदर १२५ रुपैयाँ २६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६६ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा रहेको छ ।
यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ ।