HomeFeatureहैदराबादमा 20 वर्षिया नेपाली महिलाद्वारा झुण्डिएर आत्महत्या

हैदराबादमा 20 वर्षिया नेपाली महिलाद्वारा झुण्डिएर आत्महत्या

हैदराबाद, 24 फरवरी 2020

भारतको तेलंगाना राज्यको हैदराबादमा आईतबार 20 वर्षिया महिलाले झुण्डिएर आत्महत्या गरेकी छन्। नेपालको सूदुरपश्चिम प्रदेश अछाम जिल्ला, तुर्माखाद गाउँपालिका वार्ड न-8 धमाली स्थायी घर भएका आईते बिष्टकी छोरी तथा सोही जिल्ला ढकारी गाउँपालिका पल्साता निवासी तपेन्द्र खड्काकी श्रीमती तारा बिष्ट (खड्का)-ले आफ्नै कोठामा फाँसीमा झुण्डिएर आत्महत्या गरेकी हुन्।  श्रीमान तपेन्द्र बिहान 11 बजे ड्युटी गएको केही बेरमै घर मालिकले फोन गरेर तपेन्द्रलाई घर बोलाएका थिए। तपेन्द्र घर पुग्दा कोठा भित्रबाट बन्द गरिएको थियो र झ्यालबाट हेर्दा उनी फाँसीमा झुण्डिएकी थिइन्। मृतक ताराले आत्महत्या गरेकी किन गरेकी हुन्? कस्ले उनलाई आत्महत्या गर्नको लागि दुरूत्साहन गरेको हो, त्यो भने अहिलेसम्म खुलेको छैन्।

मृतकको शव अहिले हैदराबादको गान्धी अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ। मृतकका श्रीमानले मृतक तारा प्रति  मालिकको नकारात्मक दृष्टीकोण रहेको र बेला-बेलामा मानसिक यातना समेत दिने गरेको बताएका छन्। यद्यपी छिमेकीहरूले श्रीमानले प्राय राति श्रीमतीलाई कुटपिट गर्ने गरेकोलेनै ताराले आत्महत्या गरेको हुन सक्ने आशंका गरेका छन्। यसैबीच घट्नाका बारेमा प्रहरीले छानबिन शुरू गरेको छ।

श्रीमान र घर मालिकलाई प्रहरी प्रसासनले 15 दिनका लागि हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार घटनास्थल नजीक रहेको सीसीटीभी  क्यामेराको जाँच, फोन कल रेकर्डहरूको जाँच र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्नेछ।

त्यस्तै हैदराबादमा भएको एक छुट्टै घटनामा समाजसेवी तथा नेपाली जनसम्पर्क समितिका सक्रिय सदस्य बल बहादुर भुलको सडक दुर्घटनामा मृत्यु भएको छ। ड्युटी जाने क्रममा तीव्र गतिमा आइरहेको AP28TD2723 नम्बरको लोरीको ठक्करबाट उहाँको ज्यान भएको हो भने अर्को एक जना भिउ सिंह भुल गम्भीर घाइते हुनुभएको छ। घाइते भुलको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। ठक्कर लोरी चालक भने फरार भएका छन्। चालकको खोजी भइरहेको छ। अछाम जिल्ला ढकारी गाउँपालिका घोडासेन हाल कैलाली सोल्टा निवासी भुल बिगतको लामो समयबाट हैदराबादमा बसोबास गर्दै आउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...