HomeFeature१० औं महाविधेशनका लागि प्रत्येक सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने...

१० औं महाविधेशनका लागि प्रत्येक सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने निर्णय

ललितपुर, 10 नवम्बर 2021

नेकपा एमालेले पार्टीको १० औं महाविधेशनका लागि प्रत्येक सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको छ । बुधबार ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले महाधिवेशनलाई सम्पन्न गर्नका लागि प्रत्येक सदस्यबाट कम्तीमा एक सय रुपैया संकलन गर्ने निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश कुमार भट्टराईले जानकारी दिनुभयो । हाल पार्टीमा ७ लाख ३० हजार सदस्य रहेको र महाधिवेशनको खर्चका लागि खोलिएको खातामा सात करोड भन्दा बढि जम्मा हुने उहाले बताउनुभयो । बैठकमा महाधिवेशन उपसमितिहरुले पेश गरेको कार्ययोजनासहितको प्रतिवेदन पारित गरेको भट्टराईले बताउनुभयो । महाधिवेशनको उद्घाटन मध्यान्ह १२ बजे चितवनको नारायणी नदि किनारमा अध्यक्ष केपी ओलीले गर्ने र बन्द सत्र सौराहामा हुने एमालेले जनाएको छ । उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट ५ लाख जनपरिचालन गर्ने योजना रहेको भट्टराईले जानकारी दिनुभयो । त्यसअघि कार्तिक २७ गते प्रतिनिधिको निर्वाचन गरेर १९ सय ९९ प्रतिनिधि छनौट गर्ने र ३० गतेभित्र प्रतिनिधिको नाम केन्द्रीय कार्यालयमा उपलव्ध गराउने उहाले बताउनुभयो । महाविधेशन अन्तर्गत १० गते हुने उद्घाटनसत्र पछि ११ गते नै निर्वाचन प्रक्रिया सुरु हुने तथा १२ गते निर्वाचनका लागि मतपरिणाम आउने सचिव भट्टराईले बताउनुभयो । महाधिवेशनका लागि यसपटक पोष्टर नटास्ने, भितेलेखन नगर्ने र डिजिटल माध्यमबाट प्रचार प्रसार गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...