९ पुस, मुम्बई । हालै यशराज फिल्मले ‘बन्टी और बबली –२’ को घोषणा गरेको छ । जसमा ठगको रुपमा देखिने भएका छन् सैफ अली खान र रानी मुखार्जी ।
सन् २००५ मा प्रदर्शन भएको चलचित्र ‘बन्टी और बबली ’ को सिक्वेल बनाउने कुरा लामो समयसम्म चर्चामा रह्यो र हालै यसको सिक्वेल बन्ने घोषणा गरिएको हो । उक्त चलचित्रको सिक्वेलमा खान र मुखार्जी सिनियर ठकको भूमिकामा देखिँदै छन् भने सिद्धान्त चतुर्वेदी र सरवरीको जोडी लिड रोलमा देखिने बताइएको छ ।
हाल बन्दै गरेको ‘बन्टी और बबली –२ को लागि खान र मुखार्जी दुवै उत्साहित भएका छन् भने खानले यो फिल्मसँग जोडिन पाएकोमा आफू खुशी भएको व्यक्त गरेका छन् । ११ वर्षपछि एक साथ देखिँदै गरेका खान र मुखार्जीको पछिल्लो फिल्म २००८ मा आएको ‘थोडा प्यार थोडा म्याजिक’ रहेको बताइएको छ ।









































