दिल्ली, 1 अगस्त 2022
मानव बेचविखन मुद्दामा फरार आरोपीलाई प्रहरीले धनुषाको जनकपुर उप–महानगरपालिका–4स्थित भैरव चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको किसननगर घर भएका विनोद सहनी छन् । भारत लगेर नेपाली किशोरीलाई बेचेको आरोपमा उनीविरुद्ध अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले बताए । 2067 साउनदेखि फरार भएका सहनीलाई प्रहरीले 12 वर्षपछि नियन्त्रणमा लिएन सफल भएको छ । आरोपी बारे अदालतबाट 5 दिनको म्याद लिएर उनीबारे धनुषा प्रहरीले अनुसन्धान गरिरहेको छ ।









































