दिल्ली, 3 मार्च 2022
नेपाल सहित १४१ देश संयुक्त राष्ट्रसंघको विशेष महासभामा रुसी आक्रमणविरुद्ध युक्रेनको पक्षमा उभिएका छन्। पाँच देशले मात्रै यसको विपक्षमा मत दिएका छन्। नेपालले गएराति भएको मतदानमा युक्रेनको पक्षमा मत दिएको हो। जसमा युक्रेनसहित बेलारुस, उत्तर कोरिया, इरिट्रिया र सिरिया रहेका छन्। रुसी सेनाले बेलारुस भएर पनि युक्रेनमा आक्रमण गरिरहेका छन्। राष्ट्रसंघले युक्रेनमाथि आक्रमण रोक्न र आफ्ना सैनिक फिर्ता गर्न रुससँग माग गर्दै प्रस्ताव पारित गरेको छ। यसमा नेपालसहित १४१ देशले मत दिएका छन्। नेपालका छिमेकी राष्ट्र भारत र चीन भने मतदानमा अनुपस्थित रहे। त्यस्तै, ३४ देशले मतदानमा भाग लिएनन्। त्यस्तै, सार्कका सदस्य राष्ट्र पाकिस्तान, बांगलादेश र श्रीलंका पनि मतदानमा भाग लिएनन्। एक सातादेखि रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ। नेपालले शुरुआतदेखि नै यसको विरोध गरेको थियो।









































