HomeFeature१ सय ३१ क्षेत्रमा गठबन्धनले जित्ने गोप्य अध्ययनले देखाएको खाँणको दाबी :...

१ सय ३१ क्षेत्रमा गठबन्धनले जित्ने गोप्य अध्ययनले देखाएको खाँणको दाबी : गृहमन्त्री

बुटवल, 12 नवम्बर 2022

गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचनमा कांग्रेससहितको ५ दलीय गठबन्धनले प्रतिनिधिसभामा १ सय ३१ सिट जित्ने सुनिश्चित भइसकेको दाबी गरेका छन् ।

नेपाल दलित संघले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खाँणले सत्ता पक्ष र विपक्ष गठबन्धन गरेर निर्वाचनमा होमिएका बेला प्रारम्भीक प्रक्षेपणका लागि गोप्य तर, निकै भरपर्दो माध्ययमबाट अध्ययन गरिएको बताए । उनले २३ क्षेत्रमा पनि प्रतिस्पर्धामा गठबन्धन भएकाले केही मेहनत गरे जितिने जिकिर गरे । गृहमन्त्री खाँणले प्रतिस्पर्धी दल एमाले भने २१ निर्वाचन क्षेत्रमा मात्रै अगाडि रहेको उनले दाबी गरे । ‘गोप्य अध्ययनले १ सय ३१ क्षेत्रमा गठबन्धन विजयको माला पहिराउने गरी अगाडि देखिएको छ । थप २३ क्षेत्रमा पनि प्रतिस्पर्धीका रुपमा गठबन्धन देखा परेको छ।’ उनले भने, ‘तर यसअघिको ठूलो दल एमाले २१ निर्वाचन क्षेत्रमा मात्रै अगाडि छ ।’

एमाले अग्रगामी पार्टी भए पनि पश्चगमनको साथ लाग्दा उसलाई घाटा लागेको उनले बताए । गृहमन्त्री खाँणले गठबन्धन आगामी ५ वर्षसम्म टिक्ने भन्दै अबको ५ वर्ष विकास के हुन्छ भनेर देखाउने बताए ।

‘व्यवस्था फेरियो तर, नागरिकको अवस्था फेरिएन । अबको ५ वर्ष हामी नागरिकको चाहना र आवश्यकता अनुसारको विकास गरेर देखाउने छौं।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...