काठमाडौं, 14 सितंबर 2022
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले १५औं पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्न पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएका छन्। बुधबार काठमाडौंमा लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरमको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले १५ औँ योजनामा दिगो र हरित पूर्वाधार निर्माणमा खर्च गर्ने योजना बनाएको र अर्थतन्त्रको संरचनात्मक सुधारका लागि स्वदेशी, विदेशी र सरकारका तर्फबाट थप लगानी गर्न आवश्यक भएको बताए।
प्रधानमन्त्री देउवाले भने,‘ सरकारले १५ औं पञ्चवर्षीय योजनालाई प्राथमिकता दिएर पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । सरकारले राष्ट्रिय नीति बनाएर सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने योजना बनाएको छ । कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक रहेको छ । नेपाललाई २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गरी आर्थिक विकासमा सुधार गर्ने योजना रहेको छ । मुलुकमा पूर्वाधार विकास गर्न निजी क्षेत्रको लगानी महत्वपूर्ण रहन्छ भने वैदेशिक लगानी पनि आवश्यक भएकाले सबैलाई लगानी गर्न आग्रह छ । नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्ने सकिने छ । लगानी बोर्डले लगानीको क्षेत्रमा लगानीगर्ने लगानीकर्तालाई सहजता प्रदान गर्नेछ । लगानी बोर्डले ३३ वटा आयोजनाको लागि ९ अर्ब बराबरको डलरका ओजना स्वीकृत गरेको छ । जसमा २० वटा ठूला जलविद्युत परियोजना रहेका छन् ।’
उनले कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब अमेरिकी डलर आवश्यक रहेको भन्दै सन् २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति गरी आर्थिक विकासमा सुधार गर्ने योजना रहेको पनि बताए।
वर्तमान सरकारले लगानीको वातावरण तयार समेत गरिसकेकाले नेपालमा लगानी गरी फाइदा लिन उनले आग्रह गरे।
त्यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सातै प्रदेशमा ७ नमूना परियोजनामा लगानी ल्याउने गरि लगानी बोर्डले काम गरिरहेको जानकारी दिए।









































