काठमाडौँ, १४ फरवरी, २०२०
डिभिजन वन कार्यालय, नवलपरासीमा कार्यरत सहायक वन अघिकृत कृष्ण बहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी प्रमोद कुमार तेली २ लाख घुस सहित पक्राउ परेका छन् ।
डिभिजन वन कार्यालयमा कार्यरत देवकोटा र तेलीले टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग पटक–पटक घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजहरुलाई उक्त रकम लिइसकेको अबस्थामा फक्राउ गरेको हो ।
नवलपुरबाट घुस सहित पक्राउ परेका देवकोटा र तेलीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।









































