दिल्ली, 18 अप्रैल 2022
भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) सोमबार पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा करिब चार रुपैयाँ घटेको छ। डिजेल र हवाई इन्धनको मूल्य भने बढेर आएको नेपाल आयल निगमले जनाएको छ। आयल निगमका अनुसार डिजेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा ३८ पैसा बढेको छ। सोमबार यही मूल्यअनुसार बेलुकासम्म मूल्य समायोजन गर्ने निगमले जानकारी दिएको छ। यसअघि १ अप्रिलमा आईओसीले नयाँ मूल्य सूची पठाएको थियो।









































