HomeFeature५ बर्षमा एमालेले महानगरमा कुनै काम गर्न नसकेको थापाको आरोप

५ बर्षमा एमालेले महानगरमा कुनै काम गर्न नसकेको थापाको आरोप

काठमाडौं, 5 मई 2022

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरमा एमालेले ५ वर्ष नेतृत्वको उपयोग गर्न नसकेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा कांग्रेस क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै थापाले ५ बर्षमा एमालेले महानगरमा कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो । ५ बर्षमा गरेको कामका बारेमा एमाले जनतालाई जवाफ दिनुपर्ने उहाको भनाई छ । त्यस्तै उहाले  एमालेले हिन्दुदेखि क्रिश्चियन धर्म वकालत गर्ने दलसम्मका दलहरुसँग गठबन्धनमा उत्रिएको तर्क गर्नुभयो । उहाले मुलुकको परिवर्तनलाई जोगाउनकै लागि कांग्रेसले घोषितरुपमै गठबन्धन गरेको दावी गर्नुभयो । थापाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयनमा केही गुनासो भएपनि अहिले सवै बिर्सेर गठबन्धनलाई बिजयी गराउनुपर्ने जिकिर गर्नुभयो । महामन्त्री थापाले एमालेका महानगर उम्मेदवार केशव स्थापीतले सार्वजनिक रुपमा नै महिलाहरुको अपमान गर्ने गरेकाले मतदानबाटै जवाफ दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...