HomeFeature६० प्रतिशतमा रहेको बिद्युतको पहुँच ९५ प्रतिशतमा पुर्याइएको कुलमान घिसिङको भनाई

६० प्रतिशतमा रहेको बिद्युतको पहुँच ९५ प्रतिशतमा पुर्याइएको कुलमान घिसिङको भनाई

काठमाडौं, 14 मार्च 2022

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफु प्राधिकरणको नेतृत्वमा आइपछि ९५ प्रतिशत जनतामा बिद्युतको पहुँच पुगेको बताउनुभएको छ । सोमबार काठमाडौंको बौद्धमा आयोजित पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको बिद्युतको पहुँच ९५ प्रतिशतमा पुराईएको बताउनुभएको हो । उहाँले कर्णालीको बिकटा ठाँउहरुमा अझै पनि बिद्युतको पहुँच पुग्न नसकेको भन्दै छिटै सवै स्थानमा बिद्युत पुराईने जानकारी दिनुभयो । दुरदराजमा रहेका जनतालाई बिद्युत पुराउनुपर्छ भन्ने लक्ष्यका साथ प्राधिकरण अघि बढेको उहाको भनाई छ । घिसिङले डोल्पा, मुगु, हुम्लामा बिद्युतको पहुँच अझैपनि सहज नरहेको अवस्थामाा सवै स्थानमा केन्द्रीय प्रशारणको बिद्युत पुराउने बताउनुभयो । उहाले बिकट गुम्वामा पनि बिद्युतको पहुँच पुराउन प्रतिवद्ध रहेको धारणा राख्नुभयो । पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रम अन्तर्गत चैत्र २ गतेसम्म दश अरव पटक सिद्धि जप वा अभ्यास तथा डोल्पो बुद्धबाट दिर्घायु सशक्तिकरण र एक लाख त्सोक पुजा चैत्र तीन गने हुने भएको बताइएको छ । डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाका अनुसार नेपाल लगाएत विश्वभरको महमारी रोग र अनिकालको बिषम परिस्थीति सवै निर्मुल भई सवै ठाँउमा मंगल हुनको निम्ति लाखौ गुणा महिना अथवा ऋसद्ध प्रतिहार्य महिनाभित्र सिद्धि मन्त्र जप साधना आयोजना गरिएको हो । हरेक बर्ष यस पूजाको समयमा १० अर्व पटक सिद्धी जप तथा अध्यास, १ लाख पटक तारा जप तथा अभ्यास, १० हजार पटक महाकाला र १ लाख पटक छोग अर्पण पूजा हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...