Homeसमाचारनेपाल६ दिनपछि हट्यो राष्ट्रिय सभामा एमालेको अवरोध

६ दिनपछि हट्यो राष्ट्रिय सभामा एमालेको अवरोध

६ दिनपछि हट्यो राष्ट्रिय सभामा एमालेको अवरोध

काठमाडौं, 11 जुलाई 2023

राष्ट्रिय सभामा विगत ६ दिनदेखिको जारी अवरोध खुलेको छ । नेकपा एमालेले २० असारदेखि राष्ट्रिय सभाको बैठक चल्न दिएको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटा अभिव्यक्तिलाई लिएर एमालेले बैठक चल्न दिएको थिएन ।

अवरोध
अवरोध

यसबीचमा बसेका राष्ट्रिय सभाको प्रत्येक बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेका सांसदहरुले अवरोध गरेका थिए।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्रीका लागि स्पष्टीकरण दिने वातावरणका लागि आग्रह गर्दा समेत एमाले सांसदहरुले अवरोध गर्दै आएका थिए ।

तर, एमाले सांसदहरुले मंगलबारको राष्ट्रिय सभाको बैठकमा भने कुनै अवरोध गरेन ।

‘प्रतिनिधि सभामा प्रधानमन्त्रीले स्पष्टीकरण दिएपछि राष्ट्रिय सभाको बैठक स्वतः खुल्यो’ राष्ट्रिय सभा सचिवालयका एक अधिकारी बताउँछन् ।

राष्ट्रिय सभामा विगत ६ दिनसम्म एमालेले गरेको अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...