HomeFeatureधनगढी उपमहानगरपालिकाद्वारा जेष्ठ नागरिकहरुको लागि घरदैलो स्वास्थ्य सेवा

धनगढी उपमहानगरपालिकाद्वारा जेष्ठ नागरिकहरुको लागि घरदैलो स्वास्थ्य सेवा

कैलाली, 9 फरवरी 2020/ हिम शाह

धनगढी उप–महानगरपालिका क्षेत्रका जेष्ठ नागरिकहरुलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन थालिएको छ। चालु आर्थिक वर्ष 2076/77 को सुरुदेखि नै धनगढी उप–महानगरपालिकाले नगर क्षेत्रका जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा दिन थालेको हो। नगरप्रमुख नृपबहादुर वडले स्वास्थ्य सेवा दिनका लागि उप–महानगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई घरदैलोमै पुग्ने व्यवस्था गरिएको बताउनुभयो। आवश्यकता अनुसार जेष्ठ नागरिकहरुको घरमै पुगेर सेवा दिनुपर्ने पनि व्यवस्था गरिएको जानकारी दिदै नगरप्रमुख वडले एक महिनामा एक पटक अनिवार्य रूपमा जेष्ठ नागरिकसँग स्वास्थ्यकर्मीले भेटेर सेवा दिएको हुनुपर्ने बताउनुभयो।

धनगढी उप–महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख कुम्भराज शर्माले स्वास्थ्यकर्मीहरुले जेष्ठ नागरिकहरुको घरमै पुगेर प्रेसर जाँच गर्ने, सुगर जाँच तथा रगतको नमुना संकलन, परामर्श दिने र औषधी दिने काम गर्ने बताउनुभयो। उहाँले बजार क्षेत्रमाभन्दा गाउँतिरका वडाहरुका यो अभियान प्रभावकारी भएको बताउनुभयो। सबै नगर स्वास्थ्य केन्द्रलाई अनिवार्य रुपमा महिनामा एक पटक घरमै पुगेर जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन निर्देशन दिइएको छ।

धनगढी उप–महानगरपालिका वडा नं 12 का अध्यक्ष गणेश प्रशाद जोशीले आफ्नो वडामा जेष्ठ नागरिकहरुलाई घरमै सेवा दिने काम भैरहेको बताउनुभयो। उहाँले यसबाट जेष्ठ नागरिकहरुलाई ठूलो राहत पुग्नेसमेत बताउनुभयो।

घरदैलो अभियान नपुगेका ठाउँमा शिविरहरु संचालन गरेर बिरामीको चेकजाँच गराउने काम भैरहेको पनि प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताउनुभयो। सुरुमा नगर स्वास्थ्य केन्द्र भएका वडाहरुमा जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिईएको भएपनि अव 19 वटै वडाका सेवा पुर्याउने उप–महानगरपालिकाको योजना रहेको प्रमुख प्रशासकिय नारायण प्रशाद सापकोटाले बताउनुभयो।

त्यस्तै धनगढी उप–महानगरपालिका 17 का जेष्ठ नागरिक कलेसु रानाले घरमै स्वास्थ्यकर्मी आएर चेकजाँच गर्ने गरेको बताउनुअभयो। उहाँले यसबाट हिडेर स्वास्थ्य संस्थामा पुगेर चेकजाँच गराउने झंझटबाट मुक्ति मिलेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...