नयाँ दिल्ली, 2 जनवरी 2020
एअर इण्डियाको दोस्रो विशेष विमान आज बिहान चीनको कोरोना भाईरस प्रभावित वुहान शहरबाट 3 सय 23 जना भारतीयहरुलाई लिएर दिल्ली आईपुगेको छ । कोरोना प्रभावित चीनबाट भारतीयहरुलाई लिएर विमान विहान 9 बजेर 45 मिनेटमा दिल्लीको विमानस्थलमा आएको हो । सोही विमानमा माल्दिभ्सका 7 जना नागरिकलाई पनि भारत ल्याइएको छ । माल्दिभ्सले आफ्ना नागरिकको उद्धार गरेकोमा भारतप्रति आभार व्यक्त गरेको छ । हिजो एयर इण्डियाको पहिलो विशेष विमानमार्फत 3 सय 24 भारतीयहरुलाई स्वदेश ल्याईएको थियो । चीनबाट ल्याइएका भारतीयहरुलाई स्वास्थ्य निगरानीमा राख्न मानेसरमा क्वारेनटाइन केन्द्र स्थापना गरिएको छ । उनिहरुलाई 14 दिनसम्म विशेष निगरानीमा राखिनेछ । चीनमा फैलिएको कोरोना भाईरसको प्रकोपका कारण अहिलेसम्म 3 सयभन्दा धेरैको ज्यान गइसकेको छ 14 हजार भन्दा धेरै संक्रमित भएका छन ।









































