काठमाडौं, 26 अप्रेल
वीरगञ्जका 2 जनामा काेराेना भाइरस (काेभिड-19) काे सङ्क्रमण पुष्टि भएकाे छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा वीरगञ्जका 2 जना पुरुषमा कोरोनाको सङ्क्रमण भएको पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। दुवै जना 50 वर्ष उमेरका हुन्।
यससँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या 51 पुगेको छ। 12 जना निको भएर डिस्चार्ज भएका छन्।









































