HomeFeatureभारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या 1 हजार नाघ्यो, 31 हजार 332 जना...

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या 1 हजार नाघ्यो, 31 हजार 332 जना संक्रमित

नयाँ दिल्ली, 29 अप्रेल

भारतमा कोरोना भाइरस कोभिड-19 बाट मृत्यु हुनेको संख्या 1 हजार नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या 1 हजार 8 पुगेको हो। पछिल्लो 24 घण्टामा भारतमा 70 भन्दा धेरै मानिसको मृत्यु भएको छ। भारतमा एकै दिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो। पछिल्लो 24 घण्टामा भारतमा 1 हजार 897 नयाँ संक्रमित थपिएका छन्। यससँगै भारतमा कुल संक्रमितको संख्या पनि 31 हजार 332 पुगेको छ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म 9 हजार 318 जना मानिसमा कोरोना भाइरसको संक्रमण पाइएको छ, भने त्यहाँ 400 जनाको मृत्यु भइसकेको छ। त्यस्तै गुजरातमा पनि 181 जना मानिसको मृत्यु भइसकेको छ। त्यसैगरी राजधानी दिल्लीमा संक्रमितको संख्या 3 हजार 314 पुगेको छ। त्यहाँ 54 जनाको मृत्यु भइसकेको छ, भने 1 हजार 78 जना निको भएका छन्।

मध्य प्रदेशमा मृत्यु हुनेको संख्या 129 पुगेको छ। भारतको उत्तर प्रदेशमा अहिलेसम्म 2 हजार 53 जना मानिसमा यो भाइरसको संक्रमण देखिएको छ, भने 34 जनाको मृत्यु भइसको। पश्चिम बंगालमा 725 जनामा कोरोना भाइरसको संक्रमण देखिँदा 22 जनाको मृत्यु भएको छ। बिहारमा पनि 366 जना मानिसमा भाइरसको संक्रमण देखिँदा 2 जनाको मृत्यु भएको छ।

अहिलेसम्म भारतमा 7 हजार 747 जना संक्रमित निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...