काठमाडौं 6 जुलाई 2022
90 केजी लागु औषध गाँजासहित 2 भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले विशेष सूचनाको आधारमा पर्साको बगही गेट नजिकैबाट युपीका कमल सागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान्त भारती र भारत विहार बेतियाका 28 वर्षीय सुनिल भारती लाई पक्राउ गरेको हो । प्रहरीले UP70 BK 9955 नम्बरको इन्डिगो मेन्जर कारको डिकी र सिटमुनी लुकाइ राखेको 92 के.जी. गाँजासमेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।









































