HomeEnglishनरेन्द्र मोदीलाई झारखण्डमा हार बेहोर्नु परेको छ 

नरेन्द्र मोदीलाई झारखण्डमा हार बेहोर्नु परेको छ 

७ पुस, नयाँ दिल्ली। नागरिकता कानुन संशोधनविरुद्ध भारतब्यापी आन्दोलन खेपिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई झारखण्डको चुनावले धक्का दिएको छ । महाराष्ट्रको चुनावमा पराजयलगत्तै भाजपाले १७ वर्षसम्म शासन गरेको झारखण्ड पनि गुमाउनुपर्ने अवस्था आएको हो ।

झारखण्ड राज्य सरकारका लागि भएको चुनावमा सोमबार साँझसम्मको मतगणनामा झारखण्ड मुक्ति मोर्चा र कांग्रेसको गठबन्धनको बहुमत निश्चित भएको छ । कुल ८१ सिटका लागि भएको निर्वाचनमा बहुमत सिटमा अगाडि छ ।

आठ महिनाअघि भएको लोकसभा चुनावमा एक्लै अत्यधिक बहुमतका साथ दोस्रो पटक प्रधानमन्त्री बनेका भाजपाका मोदीले क्षेत्रीय पार्टीहरुलाई दमन गर्न खोज्दा एकपछि अर्को ठूला राज्यमा उसले सत्ता गुमाउँदै गएको विश्लेषण गरिएको छ ।

झारखण्ड भारतको २८ औं राज्य हो,जुन स्थापना भएको १९ वर्षमध्ये १७ वर्ष भाजपाले शासन गर्दै आएको थियो। भारतीय राजनीतिक विश्लेषकहरुले लोकसभा चुनावको अति आत्मविश्वासका कारण ठूला राज्यहरु गुम्दै गएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...