HomeEnglishविप्लवका दाजु सहित २१ जना कारागार चलान भएका छन

विप्लवका दाजु सहित २१ जना कारागार चलान भएका छन

७ पुस, दाङ्ग। नेत्रविक्रम चन्दका दाई चन्द्रवहादुर चन्द सहित दाङमा पक्राउ परेका बिप्लव समूहका २१ नेता जेल गएका छन्। दाङ देउखुरी जिल्ला अदालतले तोकेको धरौटी तिर्न नसक्दा उनिहरु जेल चलान भएका हुन्। सोमवार जिल्ला अदालतले उनिहरुलाई जनही १५/१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर विप्लव समूहका २१ जना नेताले आँफूहरुले धरौटी तिर्न नसक्ने भएका कारण कारागार चलान हुने निर्णय लिएका थिए।

गत कार्तिक ३० गते दाङको राजपुर गाउँपालिकाको बिकट जंगल क्षेत्रबाट पक्राउ परेका उनिहरुलाई राज्य विरुद्धको संगठित अपराधको मुद्धा प्रहरीले चलाएको थियो। नेकपाको राप्ती ब्यूरो बैठकमा सहभागी हुन गएका बेला प्रहरीले दाङको राजपुर गाउँपालिका ४ मुग्रेटाखोला भन्ने स्थानबाट उनिहरुलाई नियन्त्रणमा लिएको थियो।

‘जिल्ला अदालतले तोकेको धरौटी रकम तिर्न नसक्ने भएपछि कारागार जाने निर्णयमा पुगेका हौँ,’ नेत्रविक्रमका दाजु चन्द्रले भने ‘हामी धरौटी तिरेपनि मुक्त हुने अवस्था थिएन।’ अदालतमा धरौटी तिरेर आँफुहरु रिहा हुने अवस्था नरहेको समेत उनले बताए । फरक मुद्धा लगाएर प्रहरीले अदालत परिसरबाटै पुनः नियन्त्रणमा लिने तयारी गरेको थियो। प्रहरीको यहि चाल थाहा पाएपछि उनिहरु अदालतमा धरौटी नबुझाएर कारागार जाने निर्णयमा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...