Homeसमाजहाम्रोस्वाभिमान ट्रस्टद्वारा राजधानी दिल्लीमागरिब तथा विपन्न वर्गहरूका लागि लत्ताकपडा तथा कम्बल वितरण

हाम्रोस्वाभिमान ट्रस्टद्वारा राजधानी दिल्लीमागरिब तथा विपन्न वर्गहरूका लागि लत्ताकपडा तथा कम्बल वितरण

सुबास बस्नेत, नयाँ दिल्ली । नववर्ष सन २०२० को शुभ अवसरमा  हाम्रो स्वाभिमान  ट्रस्टले राजधानी दिल्लीमा गरिब तथा विपन्न वर्गहरूका लागि कपडा तथा कम्बल  वितरण गरेको छ । सेवा नै धर्म हो भन्ने  भनाइलाइ  आत्मसाथ गर्दै  नववर्ष सन २०२० को पहिलो दिन लोधि रोड स्थित साइबाबा मन्दिर परिसर लगाएत  दिल्लीका विभिन्न स्थानमा नि:शुल्क लत्ता कपडा तथा कम्बल वितरण गरेको छ।

विशेषत डिसेम्बर देखि फेब्रुअरी सम्म दिल्लीमा दिन प्रतिदिन बढिरहने जाडोले आर्थिक रूपमा असक्षम, मजदुर एवं विपन्न वर्गहरूलाई जाडो कटाउन निकै नै गाह्रो हुने र कठ्याङ्ग्रिएर मृत्यु सम्मका  भयावह परिस्थिति हुनेगरेको छ । सोही कुरालाई ध्यानमा राख्दै खुल्ला आकाश मुनि रात कटाउन बाध्य परिवारहरूलाई राहत होस् भन्ने उद्देश्यले लत्ता कपडा तथा कम्बल वितरण कार्यक्रमको आयोजना गरिएको ट्रस्टकि राष्ट्रिय संयोजक अनिता क्षेत्रिले बताईन ।

“सहानुभूतिमा मात्र सीमित नभई उदारता र मानवता देखाउनु मानवीय कर्तव्य हो, त्यसैले परोपकारी कार्य गरि नै रहन्छौ” डीसी नेपाल संगको छोटो कुराकानीमा बोल्दै राष्ट्रिय संयोजक क्षेत्रिले भनिन ।

हाम्रो स्वाभिमान  ट्रस्ट  विगत लामो समयदेखि भारत प्रवासमा नेपाली संस्कृतिको  जगेर्ना गर्ने कार्यमा सक्रिय रहँदै आएको छ । साथै  ट्रस्टले  बिगत केहि वर्ष देखि गरिब  तथा विपन्न वर्गहरूका लागि सहायता तथा लत्ताकपडा वितरण जस्ता परोपकारी कार्य गरि  आफुलाई अग्रस्थानमा राखेको छ  ।

ट्रस्टको महिला समिति द्वारा आयोजना गरिएको कार्यक्रममा संस्थाका  महामंत्री प्रेम क्षेत्री, महिला अध्यक्ष ललिता दत्त, उपाध्यक्ष अन्जु मल्ल, उत्तराञ्चल संयोजक मंजु कार्की तथा संस्थाका सदस्यहरुको बाक्लै उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...