नयाँ दिल्ली/2 जनवरी 2020
भारत र श्रीलंका बीच तीन म्याचहरूको टी-20 शृङ्खलाअन्तर्गत पहिलो म्याच आईतबार गुवाहाटीमा खेलिदैँछ। त्यसैगरी अन्य दुई म्याचहरू क्रमशः इन्दौर र पुणेमा आगामी साताको मङ्गलबार र शुक्रबार खेलिने छ।
शृङ्खलाको लागि अल-राउण्डर एन्जेलो म्याथ्यूजले श्रीलंकाको टीममा फर्किएका छन्। नुवान प्रदीप अभ्यासका दौरान घाईते भएकाले उनको स्थानमा कसुन राजिथाले म्याच खेल्नेछन्। यस वर्षको अन्त्यमा हुने टी-20 विश्वकप भन्दा पहिला हुन लागेको यो शृङ्खला दुवै टीमहरूको लागि महत्त्वपूर्ण छ।
यसैबीच शृङ्खलाको लागि लसिथ मलिङ्गाको नेतृत्वमा 16 सदस्यीय श्रीलंकाली टोली आज भारत आईपुग्दैछ।









































