HomeFeatureविश्व पुस्तक मेला-2020 नयाँ दिल्लीको प्रगति मैदानमा सुरू

विश्व पुस्तक मेला-2020 नयाँ दिल्लीको प्रगति मैदानमा सुरू

नयाँ दिल्ली, 4 जनवरी 2020

विश्व पुस्तक मेला-2020 आजदेखि राष्ट्रिय राजधानीको प्रगति मैदानमा सुरू भएको छ। 9 दिने मेलाको उद्घाटन गर्नुहुँदै केन्द्रीय मानव संसाधन विकास मन्त्री रमेश पोखरियाल “निशंक”-ले साहित्य मानिसहरूको सवैभन्दा ठूलो मित्र भएको बताउनुभयो। उहाँले नयाँ दिल्ली विश्व पुस्तक मेला एसियाकै सबैभन्दा ठूलो पुस्तक मेला भएको तर्क गर्नुहुँदै यस मेलामा 600-भन्दा बढी प्रकाशकहरूले सहभागिता जनाइरहेको बताउनुभयो। मन्त्री निशंकले भारतलाई विश्वकै गुरूका रूपमा चित्रण गर्नुहुँदै सारा विश्वले भारतबाट सिकेको बताउनुभयो। उहाँले विश्वले वर्तमानमा आतङ्कवाद जस्ता समस्याहरूको सामना गरिरहेको हुँदा गान्धीजीको सत्य तथा अहिंसाको सिद्धान्थको पालना गर्नु नितान्त आवश्यक रहेको बताउनुभयो।

यस पटक पुस्तक मेलाको मूल विषयवस्तु ‘महात्मा गान्धी’ राखिएको छ। गान्धी-माथि आधारित एउटा विशेष स्टल पनि राखिएको छ। जहाँ छुट्टा-छुट्टै भाषाहरूमा 500-भन्दा बढी पुस्तकहरू उपलब्ध हुनेछ। मेला प्रत्येक दिन बिहान 11 बजेदेखि राति 8 बजेसम्म सर्वसाधारणको लागि खुला गरिनेछ। पुस्तक मेला 12 जनवरीसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...