Homeबिबिध+शिक्षासुकेपोखरीमा एकदिने हर्टिकल्चर अनि फ्लोरिकल्चरबारे कार्यशाला सम्पन्न

सुकेपोखरीमा एकदिने हर्टिकल्चर अनि फ्लोरिकल्चरबारे कार्यशाला सम्पन्न

सुकेपोखरी: 6 जनवरी 2020, रुबेन गुरुङ

पश्चिम बङ्गाल सरकार वन बिभाग तथा दार्जीलिङ फरेस्ट डिभिजनको तत्वावधानमा आज विभिन्न वन संरक्षण समितिका सदस्यहरुको सहभागितामा बागवानी तथा पुष्प खेतिबारे एकदिने कार्यशाला आज सम्पन्न भएको छ । दार्जीलिङ फरेस्ट डिभिजन अधिनस्थ राङभाङ,परमागढ़ी,कैयाभिर, तामसाङ,धोतरे,रामजी,गुरदूम,प्लुङदुङ,बालसन, खोपीडाँडा, सोम बिट्, टिस्टा भ्याली आदिका एफपीसी सदस्यहरूलाई लिएर आयोजना गरिएको कार्यक्रममा मुख्य अतिथि एडीएफओ एसपी शर्मा तथा धुम सिमाना रेन्ज आरओ सुरेश पाण्डेको विशेष उपस्थिति थियो ।

उल्लेखित एफपीसीका ३५ जना प्रशिक्षार्थी रहेको कार्यक्रममा प्रशिक्षक नैशन भोटियाले बागवानी तथा पुष्प खेतिको सैद्धान्तिक एवं व्यावहारिक विविध पक्षबारे जानकारी गराएका थिए । यसबारे प्रकाश पार्दै आरओ सुरेश पाण्डेले हर्टिकल्चर तथा फ्लोरिकल्चरमा सङ्लग्न मानिसहरूलाई व्यवस्थित रूपमा अग्रसर गराएर लाने ध्येयले यस प्रकारको कार्यशाला आयोजना गरिएको बताए ।

वन बस्ती अनि वन संरक्षण समिति एनसीसीका सदस्यहरुलाई स्वनिर्भर बनाउन वन विभागबाट विभिन्न रोजगार मुलक प्रशिक्षण प्रदान गरिरहेको छ । आजको प्रशिक्षण पनि विशेष वन बस्तीका बेरोजगार युवा अनि कृषकहरूलाई आफ्नै ठाउँमा स्वनिर्भर बन्ने मार्गदर्शन गर्ने उदेश्यले आयोजना गरिएको उनले थप जानकारी दिए । उक्त प्रशिक्षणबाट सहभागी मानिसहरू लाभान्वित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...