तेहरान, 7 जनवरी 2020
अमेरिकाले ईरानका शीर्ष सैन्य कमाण्डरको हत्या गरेपछि ईरान प्रतिशोध लिने भन्दै एकपछि अर्को गर्दै निर्णयहरु गरिरहेको छ । ईरानको कुद्स बलका कमाण्डर जनरल कासीम सोलेमानीको हत्यापछि ईरानले 2015 मा गरिएको परमाणु सम्झौता अब पालना नगर्ने घोषणा गरेपछि अब ईरानको संसदले अमेरिकी सेनालाई आतंकीको दर्जा दिने एक विधेयक पारित गरेको छ। अमेरिकी सेनाले गत शुक्रवार ईराकको बग्दाद अन्तराष्ट्रीय विमानस्थलमा हवाई आक्रमण गरि कासीम सोलेमानीको हत्या गरेको थियो । घटना लगत्तै ईरानले प्रतिशोध लिने भनिहरेको छ भने अमेरिकाले कासिमको हत्या युद्ध शुरु गर्न नभएर युद्ध समाप्त गर्न गरिएको भन्दै ईरानले अमेरिकालाई क्षति पुर्याउने प्रयास गरे ईरानका सांस्कृतिक क्षेत्रलाई ध्वस्त पार्ने चेतावनी दिएको छ ।
सो घटनापछि दुवै देशबिच तनाव चुलिएको छ भने युद्धको स्थितीलाई ध्यानमा राख्दै अन्तराष्ट्रीय समूदायले दुवैलाई साम्य पार्ने प्रयास गरिरहेका छन ।