Homeसमाजविश्व प्रशिद्द संस्था पतंजली योग पिठले मनायो रजत जयन्ति

विश्व प्रशिद्द संस्था पतंजली योग पिठले मनायो रजत जयन्ति

सुबास बस्नेत, नयाँ दिल्ली

विश्व प्रशिद्द संस्था  पतंजली योग पिठले आफ्नो सेवाको २५औ साल पुरा भएको शुभअवसरमा रजत जयन्ति महोत्शव मनाएको छ ।  यसै  संधर्भमा  पतंजली संग आवद्द “हाम्रो स्वाभिमान ट्रस्ट”ले  समेत आइतबार दिल्लीको सावित्री नगर स्थित सनातन शिव मंदिर परिसरमा एक विशेस कार्यक्रमको आयोजना गरि धूमधाम संग  जयन्ति महोत्शव मनाएको छ ।

हाम्रो स्वाभिमान ट्रस्टकी राष्ट्रिय संयोजक अनिता क्षेत्रीले समारोह बोल्दै  “यदि पुरै विश्वमा कपालभाति र अनुलोमविलोमको ब्याख्या कसैले गर्दछ भने त्यसमा केवल  पतंजलि संस्थाको २५ वर्षको योगदान रहेको बताईन।”  योग, आयुर्वेद, स्वदेशी, वैदिक संस्कृति, सेवा, साधना एवं संघर्षको लागी परिचित पतंजलि संस्था विश्व प्रशिद्द सस्था हो ।

योग, आयुर्वेद, स्वदेशी एवं वैदिक संस्कृति द्वारा राष्ट्र तथा मानव सेवा समर्पित पतंजलि संस्थाले पुरै विश्वमा निस्वार्थ सेवा प्रदान गरेर करोडौ  मानिसलाइ शारीरिक  तथा मानसिक स्वास्थ्य प्रदान गर्ने महान कार्य गरेको संयोजक क्षेत्रीले बताइन  ।

योगागुरुहरु  लक्ष्मी कुवँर र शिवलाल ज्ञवाली द्वारा सामूहिक योग गराई सुरु गरिएको कार्यक्रममा हाम्रो स्वाभिमान ट्रस्टका अध्यक्ष नारायण श्रेष्ठ, केन्द्रिय महामंत्री प्रेम क्षेत्री, कोषाध्यक्ष दिलबहादुर थापा, महिला अध्यक्ष ललिता दत्त, उपाध्यक्ष अन्जु मल्ल लगाएत राज्य तथा  जिल्लाका सदस्यहरु उपस्थित थिए ।  कार्यक्रममा सामूहिक वैदिक यज्ञ र हवन समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...