HomeFeatureदिल्लीमा पनि नेपाल भ्रमण वर्ष 2020 को उद्घाटन, नेपाल भ्रमण गर्न भारतीयहरुलाई...

दिल्लीमा पनि नेपाल भ्रमण वर्ष 2020 को उद्घाटन, नेपाल भ्रमण गर्न भारतीयहरुलाई राजदूतको निमन्त्रणा

नयाँ दिल्ली, 8 जनवरी 2020

भारतको राजधानी दिल्लीमा नेपाल भ्रमण वर्ष 2020 को उद्घाटन गरिएको छ । मंगलवार साँझ दिल्लीको होटल ली मेरीडिएनमा एक समारोहकाबीच भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भ्रमण वर्षको उद्घाटन गर्नुभयो । समारोहमा भारतका उच्च पदस्थ अधिकारी, कूटनैतिक नियोगका प्रतिनिधिहरु, टुर तथा ट्राभल व्यवसायी, प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै राजदूत निलाम्बर आचार्यले नेपालका भारतीय मित्रहरुलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिनुभयो । नेपालको पर्यटन विकासमा भारतको भूमिका रहेको टिप्पणी गर्दै राजदूत आचार्यले नेपालको विविधता, संस्कृति र विश्व सम्पदाहरुको अवलोकन गर्न नेपाल जान आह्वान गर्नुभयो । भ्रमण वर्ष मनाउनुको कारण देशको अर्थव्यवस्थालाई बढावा दिन नेपाललाई पर्यटन क्षेत्रको रुपमा विकसित गर्नुका साथै नेपालको सम्बन्ध भारत र अन्य मूलुकहरुसँग मजबुत गर्नु रहेको बताउनु भयो । उहाँले यस वर्ष 20 लाख पर्यटकहरु भित्र्याउने लक्ष्य लिएको र अभियान एक दशकसम्म चल्ने पनि बताउनुभयो । नेपालमा गत 1 जनवरीमा औपचारिक रुपमा भ्रमण वर्षको शुभारम्भ गरेको र त्यसमा ठूलो संख्यामा भारतीय मित्रहरु पुगेकोमा खुशी व्यक्त गर्दै भारतका पर्यटन राज्यमन्त्री (स्वतन्त्र प्रभार) प्रह्लाद सिंह पटेलले भ्रमणपछि नेपालका प्रमुख पर्यटकीयस्थलहरुका तस्वीर ट्वीट गरेकोमा आभार व्यक्त गर्नुभयो ।

समारोहमा बोल्दै भारतको पर्यटन मन्त्रालयकी पर्यटन महानिर्देशक मिनाक्षी शर्माले पर्यटनमन्त्री प्रह्लाद सिंह पटेलका तर्फबाट नेपालमा गरेको स्वागतका लागि आभार प्रकट गर्दै उहाँले नेपालको अनुभवको प्रशंसा गरेको र हामी सबैले नेपालको भ्रमण गर्नुपर्ने बताउनु भयो । नेपाल भ्रमणको यस्तो अवसर सृजना गरेको र आफुहरुका लागी  नेपाललाई पहिलो पर्यटन गन्तव्य बनाएकोमा पनि आभार व्यक्त गर्नुभयो ।

समारोहमा नेपाली संस्कृति झल्किने नृत्य पनि प्रस्तुत गरिएको थियो । 20 लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ गत जनवरी 1 मा काठमाण्डौको दशरथ रंगशालाबाट ‘नेपाल भ्रमण वर्ष 2020’ अभियानको औपचारिक रुपमा शुरुवात गरिएक थियो। सो समारोहमा भारतका पर्यटनमन्त्री प्रह्लाद सिंह पटेल पनि सहभागि हुनु भएको थियो। राजदूतावासले मंगलवार भ्रमण वर्ष 2020 को शुरुवात गरेपनि भारतमा लामो समयदेखि यसको प्रचार-प्रसार शुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...