बग्दाद, 8 जनवरी 2020
अमेरिकी हवाई आक्रमणमा ईरानी जनरल कासिम सुलेमानीको हत्या गरिएपछि बुधवार ईरानले पनि कडा कारवाही गर्दै अमेरिकी सेना र गठबन्धन सेना रहने इराकस्थित अल-असद एयरबेसमा रकेट आक्रमण गरेको छ । अमेरिकाले आफ्नो एयरबेसमा एकभन्दा धेरै रकेट आक्रमण गरिएको भनेको छ । यस आक्रमणमा अमेरिकी गठबंधन सेनालाई भएको क्षतिबारे जानकारी आएको छैन । ईरानले प्रतिशोधमा गरेको आक्रमणपछि अमिरिका र ईरानबिचको तनाव थप बढ्ने निश्चित भएको छ । ईरानले घटनाको जिम्मेवारी लिँदै आत्मरक्षाका लागि संयुक्त राष्ट्र चार्टरको अनुच्छेद 51 अन्तर्गत यो कदम उठाएको भनेको छ । ईरानका विदेशमन्त्री जावेद जरीफले आफुहरुले युद्धको सम्भावना बढाउन नभई आफुलाई बचाउन आक्रमणको प्रतिकार गर्ने बताउनु भएको छ ।
अर्को तर्फ व्हाइट हाउसकी प्रवक्ता स्टेफनी ग्रीशमले एक बयानमा व्हाईट हाउसले घटनामा निगरानी गरिरहेको रो राष्ट्रीय सुरक्षा दलसँग परामर्श भइरहेको बताउनुभयो ।