HomeFeature२०२१ को जनगणना अप्रीलदेखि शुरु हुने, जनगणनाका क्रममा 31 प्रश्न सोधिने

२०२१ को जनगणना अप्रीलदेखि शुरु हुने, जनगणनाका क्रममा 31 प्रश्न सोधिने

नयाँ दिल्ली १०, जनवरी २०२०

प्रत्येक 10 वर्षमा हुने जनगणना भारतमा आगामी अप्रील महिनाबाट शुरु हुँदैछ । यसपाला जनगणनाका लागि घर-घर पुग्ने व्यक्तिहरुले घरमूलीको मोबाइल नम्बर, घरमा भएका शौचालय, टेलिभिजन, इन्टरनेट, सवारी साधन र पिउने पानीको स्रोत लगायतका बारेमा पनि जानकारी माग्ने छन । यस वर्ष जनगणना १ अप्रिलमा शुरु भएर ३० सेप्टेम्बरसम्म चल्नेछ ।

रजिष्ट्रार जनरल र जनगणना आयुक्तले अधिसुचनामा जनगणनाको क्रममा प्रत्येक परिवारबाट सुचना संकलन गर्न जनगणना अधिकारीहरुलाई ३१ वटा प्रश्न सोध्न निर्देशन दिनु भएको छ । यद्यपि अधिसुचनामा मोबाइल नम्बर जनगणनासम्बन्धी कामका लागि मात्रै प्रयोग गरिने भनिएकोछ । यस बाहेक त्यहाँ अन्य कुनै उद्देश्य नभएको जनाइएको छ । प्रत्येक परिवारसँग टेलिफोन, मोबाइल फोन,स्मार्ट फोन, स्कुटर, साइकल, मोटरसाइकल, मोपेड, कार, जीप वा अन्य कुनै गाडी, रेडियो वा ट्रान्जिस्टर, ल्यापटप वा कम्प्युटर छ कि छैन भन्ने कुराहरुबारे जानकारी लिइनेछ ।

जनगणनाका कामदारहरुले बिजुलीका मुख्य स्रोतहरु,परिवारसँग शौचालयको सुविधा, प्रयोग गरिएको पानी निकासी, भान्छाको उपलब्धता, एलपिजी वा पीएनजी जडान र खाना पकाउन प्रयोग हुने मुख्य इन्धनहरु प्रयोग हुन्छ या हुदैन भन्ने विषयहरु सम्बन्धी सोधपुछ गर्नेछन् ।

२०२१ को जनगणना, पारम्परिकमा कागज र कलमको सट्टा मोबाइल फोन मार्फत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...