HomeFeatureशिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुन्छः शिक्षामन्त्री गिरीराजमणि पोखरेल

शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुन्छः शिक्षामन्त्री गिरीराजमणि पोखरेल

काठमाण्डौ, 10 जनवरी 2020

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शिक्षाको स्तर शिक्षकको स्तरबाट मापन हुने बताउनुभएको छ । माद्यमिक विद्यालय शिक्षक युनियन (हिस्टान)को राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । मन्त्री पोखरेलले गुणात्मक शिक्षा दिनसक्ने शिक्षाबिना गुणात्मक शिक्षाको परिकल्पना गर्न नसकिने बताउनुभयो । ‘शिक्षाको स्तर कस्तो छ भन्ने कुरा शिक्षकको स्तर कस्तो छ भन्ने कुराले निर्धारण गर्छ’, उहाँले भन्नुभयो । मन्त्री पोखरेलले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको समेत बताउनुभएको छ । देश कता जान्छ भन्ने कुरा शिक्षा कस्तो छ भन्ने कुराले निर्धारण गर्ने र शिक्षा कस्तो छ भन्ने कुरा शिक्षक कस्तो छ भन्ने कुराले निर्धारण गर्ने उहाँले बताउनुभयो ।

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता रामशरण महतले माध्यामिक शिक्षाको पाठ्यक्रम बनाउने अधिकार स्थानीय तहलाई दिनुले बढी अलमल भएको बताउनुभयो । नेपालमा शिक्षाको क्षेत्रमा विकास भएको कुरा विद्यालय जाने उमेर पुगेका ९८ प्रतिशत बालबलिका विद्यालय जानुले पनि पुष्टि गरेको उहाँले बताउनुभयो । उहाँले आवश्यक दरबन्दी सिर्जना गर्न लगायतका शिक्षा संगठनहरुले उठाएका मागहरु पुरा गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा प्रगति भएपनि गुणस्तरिय बनाउन सरकारले ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो ।

माद्यमिक विद्यालय शिक्षक युनियन (हिस्टान)को राष्ट्रिय एकता महाधिवेशन शुक्रबारबाट सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...