Homeसम्पादकीयतपाई हामीलाई शुभकामना ।।

तपाई हामीलाई शुभकामना ।।

लोकेश शाह ‘आर्यन’

सर्व प्रथम प्रवासको भूमिमा आफ्नो जिविकापार्जनको निम्ति संघर्षरत देशवासीमा नयाँ वर्ष २०२० को हार्दिक मंगलमय शुभ कामना प्रकट गर्दछौं । आजको आधुनिक समाज तिव्रगतिले परिवर्तीत भै रहेको छ ।

आज समानता र बराबरीको हिस्सेदारी यो समाजमा रहेका सम्पूर्णको पहिलो हक हो । दुनियाँमा आज संचारको माध्यम यति तिव्र छ कि छिनमै संसारको यो कुनाको खबर अर्को कुनामा सहजै उपल्बध हुन्छ । संसार यो अवस्थामा दौडिरहेको बेला पनि हाम्रो नेपाली समाज फेसबुक केलाउन र मोबाईलमा कुरा गरेरै आफुलाई विकिसित देखाउने ध्याउन्नमा लागेको परिप्रेक्ष्यमा संचार माध्यमको पहुँच, पकडलाई सहजैरुपमा समाजको अगाडि ल्याएर समाजमा विध्यमान रहेका अन्याय,अत्याचार र विभेद प्रति समाजलाई जागरुक पार्दै सृद्धढ र व्यावस्थित नेतृत्वद्दारा समग्र समाजलाई विकासको निश्चित मापदण्डीत दिशामा हिड्न मार्गदर्शन गर्ने जिम्मा मिडियाको हो । यसै कारण यसलाई राष्ट्रको चौथो अंग भनिएको हो । प्रवासको क्षेत्र भारतमा ठूलो संख्यामा कार्यरत नेपाली समाज आज पनि हेपिएको, चेपिएको र अन्याय, अत्याचारको जाँतोमा पिसिएको प्रमाण बेला बखतमा यहाँ नेपाली समुदायमा देखा पर्ने विभिन्न घटना क्रमले उदाँङगो पारिरहेको हुन्छ ।

यो समाजको समग्र उत्थानको लक्ष्य लिएर दिल्लीबाट नेपाल आवाज मिडिया पब्लिकेशन्सले मिशन मोडमा नै २००४ देखि दबिएका, कुल्चिएका नेपालीहरुको अवाज बनेर काम गरि रहेको छ । जनजागृति गरि रहेको छ । प्रारम्भिक चरणमा केहि विघ्नबाधा आए पनि कालान्तरमा हामी नेपाली समाजमा आफ्नो विश्वासिलो स्थान बनाउन सफल भएका छौं । समाज परिवर्तनको महत्वपूर्ण यो मिशनमा पब्लिकेशन्सले अब आधुनिक संसारसँगै नयाँ कदम चाल्ने तयारी अन्तर्गत नयाँ अध्याय लेख्दै विशेषगरि प्रवासी नेपालीहरुका लागि समाचारमूलक ‘नेशनल लाईव अनलाईन टीवी’ शुरु गरेको छ । हामीलाई आशा छ विगतको जस्तै यहाँहरुको नैतिक, भौतिक र आर्थिक सहयोग हामीलाई निरन्तर रहने छ । यो अनलाईन तपाई हाम्रो आफ्नै सेवा हो । हाम्रै समाजको हक हितमा काम गर्ने माध्यम हो । यसको सम्बर्धन र प्रवर्धन गर्ने जिम्मा पनि तपाई हाम्रो हो । तपाई हाम्रो साझा प्रयासले हामी नेपाली समाजलाई नीश्चितरुपमा परिवर्तन र विकासको मार्गमा डो¥याएर अन्य समुदाय सरह विकसित समुदायमा परिणत गर्ने मा हामी निर्धक्क छौं । आउनु होस समाज परिवर्तनको यो महायज्ञमा सबैले आ–आफ्नो ठाँउबाट आफु सक्दो योगदान गरौं । तपाई हामीलाई शुभकामना ।।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...