HomeFeatureगोजमुमो टोलीद्वारा भाजपाका राष्ट्रिय महासचिव भूपेन्द्र यादवसँग भेटवार्ता, गोर्खाहरुका समस्यामा छलफल

गोजमुमो टोलीद्वारा भाजपाका राष्ट्रिय महासचिव भूपेन्द्र यादवसँग भेटवार्ता, गोर्खाहरुका समस्यामा छलफल

नयाँ दिल्ली, 11 जनवरी 2020/कयेश अंसारी

गोर्खा जनमुक्ति मोर्चाको एक शीर्ष प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव भूपेन्द्र यादवसँग गोर्खाहरुको समस्या समाधानका विषयमा छलफल गरेको छ । शनिवार विहान गोर्खा जनमुक्ति मोर्चाको टोलीले राजधानी दिल्लीस्थित भारतीय जनता पार्टीको मुख्यालयमा भाजपाका राष्ट्रिय महासचिव भूपेन्द्र यादवसंग भेट गर्दै भाजपाको “संकल्प पत्रमा” उल्लेखित गोर्खाहरूको स्थायी राजनैतिक समाधान र गोर्खा जाति भित्र छुटिएका जात-गोष्ठीलाई जनजातीको मान्यता दिने लगायतका विषयमा छलफल गरेको हो ।

गोर्खा जनमुक्ति मोर्चाले एक प्रेस विज्ञप्ति जारी गरि बैठकमा भएका छलफलका एजेण्डा साझा गरेको हो । बैठकमा भाजपा सरकार गोर्खाहरुको समस्या समाधानमा लागी परेको र यस बिषयमा यथाशिघ्र ठोस पहल गर्ने अनि आउँदो फरवरी महिना भित्रमा गृहमन्त्री अमित शाहसँग राजनैतिक भेटवार्ता हुने आश्वासन दिइएको भनिएको छ ।

गोजमुमोका केन्द्रीय समिति सदस्य डा॰ आर॰बी॰ भुजेलको नेतृत्वमा रहेको टोलीमा केन्द्रीय समिति सदस्य पूर्व-कर्णेल रमेश आले, लिला कुमार गुरूङ्ग, गोर्खा जनमुक्ति युवा मोर्चाको केन्द्रीय समितिका उपाध्यक्ष अनिल लोप्चन,  केन्द्रीय कार्यकारी अध्यक्ष नोमन राई,  तोप्देन भुटिया लगायत उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...