नयाँ दिल्ली, १३ जनवरी २०२०
भविष्यको उर्जाको बारेमा ग्लोबल शिखर सम्मेलन आज अबु धाबीमा शुरु हुने भएको छ । यसमा १७० देशहरुका साढे ३३ हजार जना प्रतिनिधि सम्मिलित हुनेछन् । यस चार दिने कार्यक्रममा आठ सय विज्ञहरुको प्रर्दशनीको सम्भावना रहेको छ ।
यस वर्षको शिखर सम्मेलनमा विषयवस्तु विश्वव्यापी उपभोग, उत्पादन र उर्जाको लगानीमाथि पुनः विचार गर्नु उद्देश्य रहेको छ । यो शिखर सम्मेलन अबु धाबीमा राष्ट्रिय प्रर्दशनी केन्द्रमा हरेक वर्ष गरिदै आएको छ । २०२० को सम्मेलनमा मुख्य पाँच बिन्दुमा केन्द्रीत हुनेछ ।
यो उर्जा,सौर,जल, फोहोर र स्र्माट शहरहरु हुन् । यस सम्मेलनमा शीर्ष अधिकारी र सरकारका व्यापारी प्रमुखहरु पनि सहभागी हुनेछन् ।









































