HomeFeatureसीमा बचाउन अभियान नेपालद्धारा सुस्तासहितको नेपालको नक्सा सार्वजनिक

सीमा बचाउन अभियान नेपालद्धारा सुस्तासहितको नेपालको नक्सा सार्वजनिक

काठमाडौँ ,15 जनवरी 2020
सीमा बचाउन अभियान नेपालले सुस्तासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । केही दिनअघि कालापानी र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेको अभियानले मंगलबार सीमा सहितको नक्सा सार्वजनिक गरेको हो ।

रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी नक्सा सार्वजनिक गरेछि अभियानले सरकारलाई आधिकारी नक्सा सार्जजनिक गर्न माग समेत गरेको छ । अभियानका संयोजक भैरव रिसालले सरकारसँग नक्शा जारी गर्न माग गर्नुभएको छ । वर्तमान सरकारले आफ्नै देशको भूभाग समेटेर नक्सा सार्जजनिक गर्न अलमल गरिरहेको भन्दै उहाँले सरकारको आलोचना समेत गर्नुभयो । ‘देशको नक्शा सार्वजनिक गर्न सरकारलाई केले रोक्यो ?’ रिसालले प्रश्न गर्दै भन्नुभयो, सरकारले नक्शा सार्वजनिक गर्न आनाकानी गरेमा देशव्यापी अभियान चलाउने सुरु हुन्छ ।

पूर्व सचिव द्धारिका ढुंगेलले नागरिक स्तरबाट जारी गरेको नक्सा सरकारका मन्त्रीहरुसामु प्रस्तुत गरेर सार्वजकि गर्न माग गरिएको बताउनुभयो । उहाँले नापी विभाग सार्वजनिक गर्न स्वीकारे पनि भूमि सुधार मन्त्रालयले नमानेको कारण अहिलेसम्म नक्सा सार्वजनिक नभएको बताउनुभएको छ । परराष्ट्र मन्त्रालय तहबाट दुवै देशबीच भएको पत्राचारलाई सरकारले प्रकाशित नगरेको भन्दै उहाँले प्रश्न समेत गर्नुभयो ।

प्रा.डा नरेन्द्र खनालले भारतले मेची क्षेत्रको सीमा विवादमा भारतले मानेको उल्लेख गर्दै पश्चिममा महाकाली क्षेत्रको सीमा विवाद र सुस्ताको विषय अझै समाधान नभएको बताउनुभयो ।
वरिष्ठ जलविज्ञ डा. जगतकुमार भुषालले देशको भूमी एक इन्चपनि अतिक्रमित हुन नहुने भन्दै कालापानी, लिम्पियाधुरा क्षेत्रका अलावा सुस्ताको अतिक्रमित भूभागसहितको नक्शा सरकारले जारी गर्नुपर्ने माग गर्नुभएको छ । अभियानको नक्शा समितिका सदस्य कमल बरालले तत्काल सरकारले कालापानी, लिम्पियाधुरा र सुस्तासहितको नक्शा सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...