HomeFeatureनेपाल स्टक एक्सेन्ज रियल टाईम सेटलमेन्टमा जानुपर्छ ; अर्थमन्त्री खतिवडा

नेपाल स्टक एक्सेन्ज रियल टाईम सेटलमेन्टमा जानुपर्छ ; अर्थमन्त्री खतिवडा

काठमाडौँ , 15 जनवरी 2020
अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारको विकासका लागि नेपाल स्टक एक्सेन्ज रियल टाईम सेटलमेन्टमा जानुपर्ने बताउनुभएको छ ।

नेपाल स्टक एक्सचेन्जको 27 औं वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंक जस्तै नेपाल स्टक एक्सचेन्ज पनि रियल टाइम सेटलमेन्ट (आरटीजीएस)मा जानुपर्ने बताउनुभएको हो । उहाँले नेप्से आरटीजीएसमा गए लगानीकर्ताले एक लाख रुपैयाँले पनि ठुलो कारोबार गर्न सक्ने र बजारमा पैसाको सर्कुलर बढ्न सक्ने भएकाले बजारको विकास पनि हुने र बजारलाई थप गतिसिल बनाउने बताउनुभएको हो । उहाँले कहिले बैंकको ब्ययाजदर घटला, कहिले तरलता बढ्ला र शेयर बजार बढ्ला भनेर बालुवाटार तिर फर्केर हेर्ने प्रवृतिको अन्त्य हुने बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले ब्रोकरको संख्या बढाउने, बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका विषयमाथि थप छलफल गर्न सकिने पनि बताउनुभयो । उहाँले लाभांशमा दोहोरो करका विषयमा देखिएका समस्या आगामी बजेटमार्फत समाधान गर्ने समेत बताउनुभयो । उहाँले सिडिएसिको दायरा बढाउने, धितोपत्रको कारोबारले मात्र बजार गतिसिल नहुने भएकाले ऋणपत्रहरुको विकास गरिने लगायतका बजार सुधारका काम गर्न बाँकिरहेको समेत बताउनुभयो ।

त्यस्तै अर्थमन्त्री खतिवडाले नियामक निकाय र त्यस अन्तर्गतका संस्थाहरुबीच कहिले काहिं आउने विवाद स्वभाविक भएको बताउँदै त्यसमा सरकारले दिने निर्देशन सबैपक्षले मान्न बाध्य हुने बताउनुभयो । उहाँले धितोपत्र बजारको विकासका लागि कानुनमा समस्या भए, निर्देशनहरुमा समस्या भए छलफल गर्न सकिने बताउँदै जारि भएका निर्देशनहरु पालनामा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...