HomeFeatureविज्ञान र प्रविधिको विकास नहुँदा योगको विकास भएको ; परराष्ट्रमन्त्री ज्ञवाली

विज्ञान र प्रविधिको विकास नहुँदा योगको विकास भएको ; परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ , 15 जनवरी 2020

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योग शिक्षा गौरवपूर्ण परम्परा र सम्पदा भएको बताउनुभएको छ ।
विज्ञान र प्रविधिको विकास नहुँदा योगको विकास भएको बताउँदै ज्ञवालीले यो गौरवपूर्ण परम्परा र सम्पदा भएको बताउनुभएको हो । राष्ट्रिय योग दिवसका अवसरमा राजधानीमा भएको एक कार्यक्रममा मन्त्री ज्ञवालीले अग्रजहरुले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र धेरै महत्वपूर्ण सम्पदा तथा ज्ञानहरु हस्तान्तरण गरेर गएको बताउनुभयो । ‘आधुनिक विज्ञान, प्रविधि नभएको बेला, आधुनिक मेडिकल विज्ञानको विकास भएको थिएन् । जतिबेला डाइन्गोष्टिक र ट्रिटमेण्डका लागि अहिलेजस्तो सहज सुलभ प्रविधिहरु थिएनन् । हाम्रा अग्रजहरुले योगका माध्यमबाट स्वस्थ जीवन बाँच्ने र अरु धेरै महत्वपूर्ण सम्पदा र ज्ञानहरु हस्तान्तरण गरेर गए’, उहाँले भन्नुभयो, ‘विभिन्न किसिमका तनावलाई ध्यानले कम गर्न सक्छ । प्रभावकारी छ । यो गौरवपूर्ण धरोहरुलाई विद्यालय शिक्षसँगै जोडेर जीवनको अभिन्न अंग बनाउनुपर्छ ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले योगको माध्यमबाट मान्छेमा सकारात्मक भावनाको विकास हुने बताउनुभयो । विश्वमा एकदिनमा दुर्घटनाबाट ८ जना र १६ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्यकले देखाएको बताउँदै उहाँले योग शिक्षाको माध्यमबाट यसलाई रोक्न सकिने उहाँले बताउनुभयो । ‘मान्छेमा योगको माध्यमबाट सकारात्मक भावनाको विकास गर्न सकियो भने आत्महत्या जस्ता घटनाहरु न्यूनिकरण गर्न सकिन्छ’, ढकालले भन्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले योगलाई औषधि र उपचारको अर्थमा मात्रै नभएर जीवन पद्धतिको रुपमा बुझ्नुपर्ने बताउनुभयो । योग दिवसका अवसरमा एक दिन कार्यक्रम गरेर मात्रै नहुने बताउँदे उहाँले यसलाई जनजनमा पु¥याउन अभियान नै चलाउनुपर्ने बताउनुभयो । योग र प्राकृतिक चिकित्सालाई पाठ्यक्रममा समावेश गर्ने योजना सरकारको रहेको उहाँले बताउनुभयो । एकहप्ता भित्र योग अभ्यासको पुस्तिका सार्वजनिक गर्ने तयारी रहेको पनि उहाँले बताउनुभयो ।

स्वामी आनन्द अरुणले विश्वमा राजनीतिक र धर्मका कारण झगडाहरु हुने गरेको उल्लेख गर्दै योग र साधनाको माध्यमबाट विश्वालाई एकतावद्ध गर्न सकिने बताउनुभयो । उहाँले योगसम्बन्धि अध्ययन हुने राष्ट्रियस्तरको शिक्षालयको आवश्यकता समेत औल्याउनुभयो । भ्रमणवर्ष घोषणा गरेर मात्रै पर्यटक नआउने भएकोले योग, साधनाबाट लाखौं पर्यटक भित्र्याएर महिनौंसम्म नेपालमै राख्न सकिने वबताउनुभयो ।

राष्ट्रिय एकताः योगको सान्दर्भिकता नारा सहित बुधबार योग दिवस मनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्राललयको आयोजनामा दिवस मनाइएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...