नयाँ दिल्ली, 15 जनवरी 2020
भारतीय विदेशमन्त्री एस. जयशंकरले भारत र चीनले असल छिमेकीसरह महत्त्वपूर्ण मुद्दाहरूको समाधान गर्नुपर्ने बताउनुभएको छ। कैयौँ देशहरूले रायसीना संवादमा भारत-प्रशान्त क्षेत्रमा भारतले ठूलो भूमिका निभाउनुपर्ने माग गरेपछि विदेशमन्त्री जयशंकरले आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भारतले व्यापारीहरूसरह व्यवहार नगर्ने बताउनुभयो।
अमेरिका तथा ईरान बीचको तनावको उल्लेख गर्दै उहाँले यी दुवै सम्प्रभुत्ता सम्पन्न देश भएको र यिनिहरूले नै आपसमा समस्याको समाधान गर्नुपर्ने बताउनुभयो।
उहाँले भारत आतङ्कवाद विरूद्ध निर्णायक लडाई लडिरहेको बताउनुभयो। विदेशमन्त्री जयशंकरले भारत विविधतायुक्त देश हो र विश्वमा महत्त्वपूर्ण भूमिका निभार्ह गरिरहेको छ।









































