दिल्ली, 15 जनवरी 2020
अध्यक्ष पुष्पकमल दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग गोप्य रुपमा भेटेका छन् । सभामुख चयनका विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद भइरहेका दाहाल र नेपालवीच गोप्य भेटवार्ता भएको उच्च स्रोतले जनाएको छ । पूर्वमाओवादी निकट एक नेताका अनुसार दाहाल र नेपालवीच सभामुखका विषयमा कुराकानी भएको थियो ।
उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले राजीनामा दिन अस्वीकार गरेर हैरान बनाइरहेका बेला दाहाल र नेपालवीच भएको भेटवार्ताले सभामुख निर्वाचनमा सहयोग मिल्ने अनुमान नेताहरूको छ ।
सभामुखका विषयमा देखिएको विवाद र समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा नै उनीहरूका वीच परामर्श भएको स्रोतको भनाइ छ ।
दाहालले सहमतिअनुसार सभामुख पूर्वमाओवादी निकटको नेतालाई बनाउन पाउनुपर्ने बताउँदै आएका छन् । तर, प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीले पार्टी एकीकरण भइसकेको अवस्थामा पार्टी्भित्रबाट जो बनेपनि हुने बताउने गरेको नेताहरूको भनाइ छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सभामुखमा सुवासचन्द्र नेम्वाङलाई अगाडि सारेका छन् । नेम्वाङका सम्बन्धमा दाहाल सकारात्मक छैनन् ।









































