नयाँ दिल्ली, 15 जनवरी 2020
राष्ट्रपति रामनाथ कोविन्दले अङ्गदान प्रति मानिसहरूलाई प्रोत्साहन र जागरूक गराउने आवश्यकतामाथि जोड दिनुभएको छ। नयाँ दिल्लीमा कलेजो तथा पित्त विज्ञान संस्थानको दशौँ स्थापना दिवसको अवसरमा श्री कोविन्दले मानिसहरूको जीवन जोगाउन अङ्गहरूको आवश्यकता महत्त्वपूर्ण हुने बताउनुभयो।
उहाँले कलेजो प्रत्यारोपणको सुविधा अझै धेरै सरकारी अस्पतालहरूमा सुरू गरिनुपर्ने बताउनुभयो। राष्ट्रपतिले प्रत्येक वर्ष दुई लाख कलेजो प्रत्यारोपणको आवश्यकता हुने, जसमध्ये केही हजारको संख्यामा मात्र प्रत्यारोपण हुन सकेको बताउनुभयो।
उहाँले भारतको लागि चिकित्सा सधै प्रमुख चुनौती रहेको र सरकार आयुष्मान भारत तथा अन्य चिकित्सा योजनाहरूको माध्यमबाट यस समस्याबाट निप्टिन प्रतिवद्ध रहेको बताउनुभयो।
राष्ट्रपति कोविन्दले यो संस्थानले विगत 10 वर्षमा कलेजो तथा पित्त रोगको उपचारमा महत्त्पूर्ण योगदान दिएको बताउनुभयो।









































