नयाँ दिल्ली, 15 जनवरी 2020
नेपाल प्रहरीले विभिन्न तहमा स्थायी कर्मचारी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले प्राविधिकतर्फ विभिन्न तहमा एक हजार ७१ जना कर्मचारी मागेको हो ।
सञ्चार निर्देशनालयतर्फ इन्जिनियरिङमा ६११ जना, सूचना प्रविधितर्फ ४३, भौतिक पूर्वाधारतर्फ ६३, सवारी साधन महाशाखातर्फ १२६, केनाइन ५३, हातहतियार शाखामा प्राविधिक ६, स्वास्थ्यतर्फ १९, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा ७ र नेपाल प्रहरीको विद्यालयको संगीतर्फ संगीत शिक्षक १४४ जना आवेदन माग गरेको छ ।
आगामी फाुगुन ११ गतेसम्म दरखास्त हुनुपर्ने छ । सातवटै प्रदेश कार्यालयबाट योग्य नेपाली नागरिकले आवेदन दिन पाउँनेछन् ।
प्रहरी सहायक निरीक्षकमा पनि ५८४ जनाको दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै प्रहरीले अधिकृतस्तरको प्रहरी निरीक्षकमा पनि ठूलो संख्यामा आवेदन माग गरिएको छ । सातवटै प्रदेश कार्यालयबाट १४९ जना प्रहरी निरक्षिकको दरखास्त आह्वान गरेको हो ।
प्रहरी निरीक्षकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक उत्तीर्ण भएको र प्रहरी सहायक निरीक्षकका लागि प्रमापत्र तह वा सो सरहको योग्यता माग गरिएको छ ।









































