HomeFeatureअब वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता डराउन पर्दैन : मन्त्री भट्ट

अब वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता डराउन पर्दैन : मन्त्री भट्ट

काठमाडौँ , १७ जनवरी २०२०

उद्योग मन्त्री लेखराज भट्टले वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता डराउन नपर्ने बताउनुभएको छ ।

उहाँले सरकारले लगानी बढाउने राष्ट्रिय अभियान अन्तर्गत वैदेशिक लगानीलाई आकर्षित गरेको तर स्वदेशी लगानीकर्ताहरु प्रतिस्प्रधा गर्न सक्दैनौं की भन्ने चिन्तामा रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो ‘अहिलेको उद्देश्य के हो भने लगानी बढाउन राष्ट्रिय अभियान कसरी अगाडी बढाउन सकिन्छ भन्ने हो, तपाईहरुलाई निजी क्षेत्र भनिन्छ अव अलिकति तपाईहरुमा आतंक पैदा भएको जस्तो छ बाहिरको लगानीकर्ता आयो भने हाम्रो के हुने भन्ने पनि एउटा दवाव पैदा भएको जस्तो छ त्यो लगानीलाई त तपाईहरुले स्वीकार्नुपर्छ भन्ने लाग्छ’ उहाँले सरकारले सबै लगानीकर्तालाई एउटै दृष्टिबाट हेरेकाले आतंकीत नहुन आग्रह गर्नुभयो । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौंमा आयोजना गरेको उद्योग वाणिज्य क्षेत्रको विकास चुनौती र भावी कार्यदिशा सम्बन्धी अन्र्तक्रियामा मन्त्री भट्टले बाहिरि लगानीकर्तासँग प्रतिस्प्रधा गर्न सक्दैनौ भन्ने डर उद्योगी व्यवसायीहरुले हटाउनु पर्ने बताउनुभयो । उहाँले मुलुकमा आर्थिक समृद्धिका लागि औद्योगिकरण आवश्यक रहेको र त्यसका लागि उद्योगहरुको मुनाफा सुनिश्चित हुनुपर्छ भन्नेमा सरकार जानकार रहेको बताउनुभयो । उहाँले त्यसका लागि के कस्ता नीतिगत व्यवस्था आवश्यक छ सरकार छलफल गरी अगाडी बढ्न तयार रहेको समेत बताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले पछिल्लो समय नीतिगत व्यवस्थामा सुधार आएको तर यसको कार्यान्वयन पक्ष फितलो हुँदा उद्योगी व्यवसायीहरुले दुख पाउने गरेको बताउनुभयो । उहाँले कानून निर्माण हुनु अघि छलफल हुँदा हुने कुरा र विधेयकमा आउने विषय नमिल्ने गरेको समेत बताउनुभयो ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले लगानीको वातावरण निर्माण गर्न प्रयत्न गरिरहेपनि उद्योग दर्ता, इजाजत लिने प्रकृया झन्झटिलो र समय लाग्ने तथा बैंकमा देखिने समस्या र राजश्व लगायतका विषय हुने जटिलताका कारणले पनि लगानी प्रवद्र्धन हुन नसकेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...