नयाँ दिल्ली, 17 जनवरी 2020
भारतका लागि रूसी राजदूत निकोले कुदाशेवले कश्मीर, भारतको आन्तरिक मामिला भएको र भारतीय संवैधानिक व्यवस्थासित सम्बन्धित विषय भएको बताउनुभएको छ।
कश्मीर मुद्दालाई लिएर चीनको पहलमाथि नयाँ दिल्लीमा आयोजित संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकको बारेमा रूसी राजदूत कुदाशेवले उहाँको राष्ट्र यस मुद्दालाई संयुक्त राष्ट्रको कार्यसूचीमा सामेल गरिनुपर्ने पक्षमा कहिले पनि नरहेको बताउनुभयो।
उहाँले कश्मीर भारत तथा पाकिस्तान बीचका द्विपक्षीय मामिला भएको रूसको बुझाइ रहेको बताउनुभयो। उहाँले यसलाई शिमला सम्झौता र लाहोर घोषणा अनुसार आपसी समझदारीमा सल्ट्याउनुपर्ने बताउनुभयो।









































