HomeFeatureभारत र अस्ट्रेलिया बीच दोस्रो ओडीआई-मा भारत विजयी, शृङ्खला 1-1 ले बराबरी

भारत र अस्ट्रेलिया बीच दोस्रो ओडीआई-मा भारत विजयी, शृङ्खला 1-1 ले बराबरी

गुजरात, 17 जनवरी 2020

भारत र अस्ट्रेलिया बीच तीन म्याचहरू एकदिवसीय अन्तर्राष्ट्रिय क्रीकेट शृङ्खलाको दोस्रा म्याचमा भारत विजयी भएको छ। भारतले शुक्रबार राजकोटमा भएको म्याचमा अस्ट्रेलियालाई 36 रनले पराजित गरेको हो।
जितसँगै भारतले शृङ्खला 1-1 ले बराबरी गरेको छ। यसपूर्व शृङ्खलाको पहिलो म्याचमा अस्ट्रेलियाले भारतलाई 10 विकेटले पराजित गरेको थियो।

टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको भारतले 50 ओभरमा 6 विकेट गुमाएर क्षतिमा 340 रन बनाएको थियो।
भारतका लागि ओपनर शिखर धवनले 90 बलमा सर्वाधिक 96 रनको योगदान गरे। शतक बनाउन चुकेका उनले 13 चौका र 1 छक्का प्रहार गरेका थिए। त्यसैगरी कप्तान विराट कोहलीले 76 बलमा 78 रन बनाए भने लोकेश राहुलले 52 बलमा 80 रनको योगदान गरे।
अस्ट्रेलियाको तर्फबाट एडम जाम्पाले 3 विकेट लिए भने केन रिचार्डसनले 2 विकेट लिए।
341 रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया 49.1 ‍ओभरमा 304 रन बनाएर अलआउट भयो। अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक 98 रन बनाए भने मार्नोस लाबुसचेन्जले 46 रनको योगदान गरे।
भारतको तर्फबाट मोहमद सामीले 3 विकेट लिए। त्यसैगरी कुलदिप यादव, नवदीप सैनी र रविन्द्र जडेजाले समान 2-2 विकेट लिए। जसप्रीत बुमराहले 1 विकेट लिए।
खेलमा ललोकेश राहुल म्यान अफ दि म्याच घोषित भए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...