नयाँ दिल्ली, 18 जनवरी 2020
सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले विद्युतचालित वाहन वातावरण अनुकुल तथा यसबाट कार्बन उत्सर्जनमा कमी आउने भएकाले भविष्यमा देशमा यसको प्रयोग गरिने बताउनुभएको छ।
आज ग्रेटर नोएडामा ऊर्जा विषयमाथि आयोजित सम्मेलन “इलेक्रामा”-को 14-औँ संस्करणलाई सम्बोधित गर्दै उहाँले सौभाग्य योजनाअन्तर्गत 3 करोड 50 लाख घरहरूमा विद्युत आपूर्ति गरिएको बताउनुभयो। मन्त्री जावडेकरले यस योजनाअन्तर्गत 18 हजार गाउँमा निर्धारित समयभित्र विद्युत आपूर्ति गरिएको जानकारी दिनुभयो। विद्युतको धेरै मात्रामा बचत हुने भएकाले सरकारले एल. ई. डी. बल्भहरूको प्रयोगलाई बढावा दिइरहेको उहाँले बताउनुभयो।









































