चेन्नई, 19 जनवरी 2020
वित्तमन्त्री नीर्मला सीतारामनले नागरिकता संशोधन विधेयक पीडित वर्गहरूलाई नागरिकता प्रदान गर्ने उद्देश्यले ल्याइएको बताउनुभएको छ। आईतबार चेन्नईमा यस विषयमाथि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही छिमेकी राष्ट्रहरूबाट भारत आएका मानिसहरूलाई नागरिकता प्रदान गर्नका लागि कानूनमा संशोधन गरिएको बताउनुभयो।
मन्त्री सीतारामनले यस संशोधनले भारतको कुनै पनि व्यक्तिलाई नागरिकताबाट वञ्चित नगर्ने स्पष्ट पार्नुभयो।









































