नयाँ दिल्ली, 20 जनवरी 2020
भारतले साढे 3 हजार किलोमिटरसम्म मार हान्न सक्ने परमाणु सक्षम K-4 ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको छ। यह मिसाइल पनडुब्बीबाट छोड्न सकिन्छ।
K-4 ब्यालेस्टिक मिसाइलको परीक्षण हिजो आन्ध्रप्रदेशस्थित विशाखापटनम तटबाट गरिएको हो। यस परीक्षणको साथ-साथै भारत ब्यालेस्टिक मिसाइललाई आई एन एस अरिहन्त श्रेणीको परमाणु पनडुब्बीहरूसित जोड्ने दिशामा आगाडी बढेको छ।
यो मिसाइल रक्षा अनुसन्धान तथा विकास संगठन-ले विकास गरेको हो। तीन मिटर लामो परमाणु क्षमतायुक्त मिसाइलको वजन एक टनभन्दा धेरै हुनेछ। अहिले केवल अमेरिका, रूस तथा चीनसित मात्र पनडुब्बीबाट मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल छ।









































